विचित्र संसार

बलात्कार रोक्न ‘रेप प्रुफ पेन्टी’ आविष्कार, पेन्टीको स्मार्ट लक छुदाँ १०० मा फोन जान्छ (सबैले सेयर गर्नुहोला)

काठमाडौं । जताततै बलात्कारका घटना बडिरहेको बेला भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छिन । सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलात्कारबाट बचाउन यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् ।

यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ ।

उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताए । ‘म दिनहुँ घट्ने बलात्कारका घटनाबाट दुःखी थिएँ, एक दिन वर्षीया बालिकाको बलात्कारपछि गला दबाएर हत्या गरिएको समाचार पढें,’ उनले भनिन्, ‘त्यसपछि नै मैले बलात्कार नियन्त्रणका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो ।’

उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजनाअनुसार पेन्टी बनाएको बताइन् । ‘एक महिनाको मिहेनतपछि मैले यो पेन्टी तयार पारेकी हुँ,’ उनले अगाडि भनिन् ।

पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ । यसमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं। मा स्वचालित रूपमा फोन जान्छ ।

त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनले यसलाई अझ सुधार र परिष्कृत गर्दै लान सकिने समेत बताइन् ।

यस पेन्टीको नमुना तयार गर्न उनलाई ५ हजार रुपैयाँ खर्च लागेको उनले जानकारी दिइन् । ‘मलाई थाहा छ, यसलाई सुधार गर्दै बजारमा लैजान सकिन्छ, यो पेन्टी बजारमा पाइने साधारण पेन्टीभन्दा केही महँगो हुन सक्छ,’ उनले अगाडि भनिन्, ‘यद्यपि, सरकारले यसलाई महिला सुरक्षाको योजनासहित गरिब महिलासम्म पु¥याउन सहयोग गर्नेछ ।’

उनको यो आविष्कारको भारतभर चर्चा सुरु भएको छ । केन्द्रीय बाल तथा महिला विकासमन्त्री मेनका गान्धीले उनको प्रशंसा गर्दै भविष्यमा आममानिसको सुरक्षाका लागि प्रयत्नशील रहन शुभकामना दिइन् । उनको यो अविष्कारलाई पेटेन्ट राइट दिलाउन इलाहाबादस्थित नेसनल इनोभेसन फाउन्डेसनमा पठाइएको छ ।

सिनुले यसलाई कुनै कम्पनी वा सरकारले सहयोग गरेर यसलाई थप सुधार गर्दै बजारमा लैजान सक्ने बताएकी छन् । सिनुलाई यस आविष्कारको दौरानमा त्यहाँका भाजपा सांसदले समेत साथ दिएका छन् । उनका अनुसार फरुखाबादका भाजपा सांसद मुकेश राजपुतले केन्द्रीय मन्त्रालयलाई पत्र लेख्दै यससम्बन्धी कामलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले यो पेन्टी महिलाले एक्लै असुरक्षित स्थानमा जाँदा लगाउन सक्ने बताएकी छन् । ‘जस्तो बुलेट प्रुफ ज्याकेट सधंै लगाइँदैन, त्यस्तै यसलाई पनि जोखिमयुक्त स्थानमा जाँदा महिलाले प्रयोग गर्न सक्नेछन्,’ उनले भनिन् ।

पछिल्लो समय भारतमा बलात्कारका घटना बढ्दै गएका छन् । राष्ट्रिय अपराध तथ्यांक ब्युरोका अनुसार भारतमा हरेक दिन ७९ महिला बलात्कारको सिकार हुने गर्छन् । बीबीसीका अनुसार मध्ये प्रदेशमा मात्र सन् २०१६ मा सबैभन्दा बढी बलात्कारका घटना घटेका थिए । देशभर वर्षमा २८ हजार ९ सय ४७ महिलामाथि बलात्कार भएकामा ४ हजार ८ सय ८२ महिलामाथि मध्ये प्रदेशमा बलात्कार भएको थियो । त्यस्तै, उत्तर प्रदेशमा ५ हजार ८ सय १६ र महाराष्ट्रमा ४ हजार १ सय ८९ महिलामाथि बलात्कार भएको थियो । सिनुले रेल दुर्घटनाबाट बच्न सहयोगी हुने एक उपकरण निमार्णमा समेत काम गरिरहेकी छन् । जसको प्रयोगबाट बढ्दो रेल दुर्घटना रोक्न सकिने बताइएको छ । –एजेन्सीको सहयोगमा