खेलकुद

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

बैतडी । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (नसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार रु ५५ हजार ५५५ ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब ९एनसिसी०का अध्यक्ष महेशसिंह भण्डारीले बताए । कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई रु ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक/एक जनालाई जनही रु ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ ।

असोज २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगितामा सहभागी हुने टोलीमा तीन जनासम्म राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलाडी (नेपाली नागरिक) समेत राख्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा सञ्चालन हुनेछन् ।

विसं १९९९ मा स्थापना भएको निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँले विकास, अनुशासन र गतिशीलता भन्ने मूल भावका साथ जिल्लामा सक्रिय अवस्थामा रहेको छ ।