विचित्र संसार

यो बफादार कुकुर जसले मालिक्नी जोगाउन आफ्नै ज्यान दियो !

काठमाडौं । तमिलनाडुको तूतीकोरिनको नजिकै सेन्थिअम्बलममा एउटा घरपालुवा कुकुरले आफ्नो उच्च बफादारिता पुष्टि गरेको छ । उसले कोब्राबाट आफ्नो मालिक्नीलाई बचाउने क्रममा आफ्नो ज्यान गुमाएको छ ।

प्रहरीका अनुसार जब महिलाले घरमा लगातार कुकुर कराइरहेको सुनिन्, स्थिति बुझ्न बाहिर जाँदा आफ्नो कुकुर कोब्रा सर्पसँग रगताम्य भएर भिडिरहेको थियो ।

कुकुरले कोब्रामाथि आक्रमण त गर्यो तर धेरैपटकको टोकाइका कारण कुकुरले ज्यान गुमाउन पुग्यो । सर्प मारिसकेपछि मालिक्नीले अस्पताल पुर्याउँदा कुकुरले मरिसकेको थियो । आफ्नो मालिक्नीको कोठातिर जाँदै गरेको कोब्रालाई कुकुरले रोक्न खोजेपछि उनीहरुबीच लडाई भएको थियो । –एजेन्सीको सहयोगमा