मनोरञ्जन

“यहाँ घाउ हरु” बजारमा (भिडियोसहित)

काठमाडौं । निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीत “यहाँ घाउ हरु” भिडियो बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली पाश्व गायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएका छन । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ ।

गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन । मुकेश हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा रीजोन थिबे, आयुष लिम्बूखीम, मौसमी ससी, सुनम, निमिसाको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियोः–