आर्थिक

शेयरधनिलाई खुसीको खबर

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड ९० लाख ५० हजार बराबरको शेयर कारोबार भयो । यस्तै त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको पाँच लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस्तै देवः विकास बैंकको २४ लाख ७० हजार ९२३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।