आर्थिक

आइएमईको ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना असोज ७ गतेदेखि शुरु भई मङ्गसिर मसान्तसम्म लागु हुने भएको हो । योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने जनाईएको छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलार्इ ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गरिनेछ ।

नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकाल देखि नै गर्दै आइरहेको छ ।

‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाई समेतपुरस्कार प्रदान गरिनेछ । आफ्नो स्थापनाकाल देखि नै विभिन्न सेवाग्राही मूखि र व्यवसायीक साझेदार मूखि योजना सार्वजनिक गर्दै आइरहेको छ ।