राजनीति

पार्टीका जिम्मेवार नेताहरू नै गैरजिम्मेवार भएः ऋषिकेश जंग शाह

काठमाडौं । नेपाल विद्यार्थी संघका वरिष्ठ नेता ऋषिकेश जंग शाहले कांग्रेसमा आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्यको आवस्यकता रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै नेता शाहले कांग्रेसमा एकले अर्कोलाई सम्मान गर्ने परिपाटीको अन्त्य भएको र अनुशासनको खडेरी परेको उनले बताएका हुन् ।

अब आत्मियता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्यको जरुरी भएको उनले जिकिर गरे । राजधानीको पध्मकन्या क्याम्पसमा भएको कार्यक्रममा शाहले पार्टीका जिम्मेवार नेताहरू नै गैरजिम्मेवार भएको भन्दै त्यो प्रवृत्तिले पार्टीलाई अहिलेको भन्दा झन कमजोर बनाउने तिर संकेत गरे । उनले भने, ‘सभापतिलाई गाली गरेर पार्टी सुध्रिन्छ भन्ने मानसिकता गलत छ त्यो गलत मानसिकता पार्टी सुधारमा लाग्छु भन्नू भ्रम हो।’