आर्थिक

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफर अमेरीकाबिच सम्झौता गर्दै सेवा सुरु

काठमाण्डौ । अमेरिकाको १५ हजार भन्दा बढि एजेन्ट (आउटलेट) रबिश्व भरी एक सय ३० भन्दा बढि देशहरुमाआफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर रसिटीएक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनैपनि बैंकखातामा रकम जम्मागर्न वानगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफअपरेटिङ्ग अफिसर जोसेफ क्याचेले दिएका छन् ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका थिए । सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्तगर्दै आगामी दिनहरुमापनि सिटी एक्सप्रेससँग नयाँप्रविधिमार्फत सहकार्य गर्दै जाने बताए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत १२ बर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदानगर्दै आइरहेको छ ।