बाग्मती

प्रदेश नं ३ : चार विधेयक प्रमाणीकरण

हेटौँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठकले पारित गरी पठाएको चार विधेयक आज प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेको चार विधेयकमध्ये प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेको प्रदेश नं ३ प्रमुखको सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रदेश प्रमुख कोइरालाले प्रदेशसभाको बैठकले केही हप्ता अगाडि पारित गरी पठाएका विभिन्न ११ विधेयकलाई प्रमाणीकरण गर्नु भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउनु भएको प्रदेश नं ३ प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले जानकारी दिए ।