समाचार

कृषि समिति सभापतिमा सुवेदी निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्राप्त भएकाले उनी सोही नियमको उपनियम (४) बमोजम सर्वसम्मतिले निर्वाचित भएकी हुन् ।

यसअघि समितिका ज्येष्ठ सदस्य चन्द्रकान्त चौधरीको सभापतित्वमा आज सिहंदरबारमा बसेको बैठकमा समितिका सदस्य शान्ता चौधरीले प्रस्ताव प्रस्तुत गरेका थिए भने अर्का सदस्य घनश्याम खतिवडाले समर्थन गरेका थिए।

आजै पूर्वउपसभामुख सुवेदीले सभामुख कृष्णबहादुर महरासमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिए । नवनिर्वाचित सभापति यसअघि पहिलो संविधानसभाका उपाध्यक्ष थिए । विसं २०६४ मा बाँके ४ बाट निर्वाचित उनी अहिले प्रतिनिधिसभा सदस्य (समानुपातिक) छन् ।