पु.समाचार

एकाएक देखियो राजधानीम पेट्रोलियम पदार्थ अभाब, सर्बसाधारणलाई सास्ती

भक्तपुर । ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि राजधानीका अधिकाँस पेट्रोल पम्पमा पेट्रोल पाउन समस्या देखिएको छ भने कतिपय पम्पमा सवारी साधनको घण्टौँ लाइन लागेको देखिएको छ ।

चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको हो ।

चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो । आज बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि भने पेट्रोल सकिएर अधिकांश पेट्रोलपम्प बन्द भएका छन् ।