अन्तर्राष्ट्रिय

भितनाममा जनवरी १ देखि हालसम्म ३५ पटक भूकम्प

हनोई । भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सन्ेटरले जानकारी दिएको छ ।
भूकम्पहरुको मापन भने स–साना नै रहेका छन् । सो भूकम्पहरु २।५ देखि ४ं।५ रिक्टर स्केलसम्मका रहेका छन् । भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ ।

भितनामको पाँचवटा प्रान्तलगायत चीन र लाओसमा सीमाक्षेत्रमा रहेका पहाडी इलाकाहरु यस भूकम्पहरुबाट प्रभावित भएको बताइएको छ ।