शिक्षा

विशालनगर पुस्तकालयलाई सहयोग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कामपा–५, हाँडीगाउँलाई रु दुई लाख अनुदान सहयोग गरेको छ । सो रकमबाट पुस्तक–पत्रिकालगायत पठन सामग्री, फर्निचर, कम्प्युटर आदि खरीद गरिने पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । विसं २०१९ मा स्थापित पुस्तकालयले समय समयमा ‘ममता’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशनका साथै साहित्यिक, खेलकूद, निबन्ध र चित्रकला प्रतियोगिता आदि कार्यक्रम पनि गर्ने गरेको छ ।