बाग्मती

बालबालिकालाई सहयोग

काठमाडौँ । भक्तपुरस्थित मस्कुलर डिस्ट्रोफी चाइल्ड केयर सोसाइटीलाई आज रकम तथा लत्ताकपडा सहयोग हस्तान्तरण गरिएको छ ।

ललितपुरको इमाडोलस्थित महिलाहरुको समूह ‘नकि धुकु’ले सोसाइटीलाई रु ५० हजार र त्यहाँ आश्रित बालबालिका तथा किशोरकिशोरीका लागि लुगा प्रदान गरेको हो । संस्थाका अध्यक्ष रेनु मास्केले सो रकम सोसाइटीका अध्यक्ष हिमालयेश्वरलाल मूललाई सोसाइटीको कार्यालयमा सो सहयोग हस्तान्तरण गरे । मास्केले त्यहाँ आश्रित किशोरकिशोरीलाई टिशर्ट तथा खाजा पनि वितरण गरे ।