मनोरञ्जन

टेकबहादुर र सुनिताको ‘परदेशीलाई सन्देश’ (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय लोक दोहोरी गितमा धेरै मात्रमा विरहका भाका हरु आइरहेका छन । यसै क्रममा सदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा टेक बहादुर सुनारको मनैछुने दशैँ गीत ‘ परदेशीलाई सन्देश ’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक टेकबहादुर सुनार र गायिका सुनिता पुरीको गीतमा आवाज रहेको छ ।

गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको आमा छोराको गन्थनलाई गीतमा ब्यक्त गरिएको छ । अनिल चन्द घायलको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । भिडियोमा लोकेन्द्र शाही र रमा थपलियाको अभिनय रहेको छ ।