सुदूरपश्चिम

त्रिपालको छानो राखेर सुत्छन् कैदीबन्दी

कञ्चनपुर । वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् ।

भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन् । अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउँछन् ।

“भवन निकै पुरानो भएकाले छत चुहिन्छ,” उनी भन्छन्, “माथिल्लो तलबाट समेत पानी आउने भएकाले कैदी–बन्दीलाई बस्न निकै गाह्रो छ उत्तर–पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने रकम नहुँदा त्यत्तिकै छ भने महिला कैदीबन्दी बस्दै आएको भान्साघरको छाना समेत खस्ने अवस्थामा छ ।”
कारागार विभागबाट थोरै बजेट आउँदा उनीहरूको उपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा मर्मतको कार्य हुन नसकेको उनको भनाइ छ ।

कारागारमा पुरुष ७५ र महिला २० गरी ९५ कैदी–बन्दी राख्ने क्षमता भएपनि अहिले पुरुष २७७ र महिला १८ गरी २९५ कैदी¬–बन्दी राखिएका र तिनलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।

खानेपानीका लागि र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको गनासो गर्दै कैदी–बन्दी भन्छन, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ ।”

कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने उनीहरूको माग छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।