राजनीति

संविधानका अन्य बुंदा जे भएपनि मूल मर्म समाजवादलाई कसैले संसोधन गर्न सक्दैन: नेता जोशी

बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले संविधानको मूल मर्म समाजवाद रहेकाले त्यसलाई कसैले पनि संशोधन गर्न नसक्ने बताएका छन्।

संविधान दिवसका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल प्रादेशिक तदर्थ समितिद्वारा बुधबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजित ‘संविधानको मर्म र कार्यान्वयनमा चुनौती’ विषयक अन्तरक्रियामा उनले भने, “जनताले दिएको अधिकारको मूल मर्मलाई समेटेर बनाएको संविधानलाई कसैले संशोधन गर्न सक्दैन् । ”

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जगत तिमल्सिनाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्राध्यापकहरु सडकमा उत्रन आवश्यक रहेको बताए ।

अर्का प्राध्यापक भोला केसीले संविधानलाई कार्यान्वयनमा ल्याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुवै सँगै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्राध्यापक डा घनश्याम भट्टराईले मौलिक अधिकार माग्नलाई सडक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रचण्डराज प्रधान र उपप्राध्यापक सरोज घिमिरेले ‘संविधान मर्म र कार्यान्वयनमा चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर । कार्यपत्रेमाथि उपप्राध्यापक सुरेश आचार्य र सहप्राध्यापक रामकृष्ण अधिकारीले टिप्पणी गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।