समाचार

एक मधेश एक प्रदेशको माग गर्दै संविधानको विरोध गर्ने सिके रावतका सयौँ कार्यकर्ता प्रहरी खोरमा

काठमाडौं । एक मधेश एक प्रदेशको माग गर्दै संविधानको विरोध गर्ने विखण्डनकारी भनिने सिके रावतका सयौँ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बुधबार बिहानै फेसबुक लाईभ मार्फत सिके रावतले संविधानको विरोधमा कालो दिवस मनाइरहेका करिब २ सय नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको हस्तक्षेपको वेवास्ता गर्दै रावतका हजार बढी कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । ‘हिडौँ जनकपुर भरौँ जनकपुर’ भन्दै विरोध जनाईरहेका अवस्थामा प्रहरीले उनीहरुलाई पिक्राउ गरेको छ । विरोध कार्यक्रममा रावत बिहानै उपस्थित हुने भनिएतापनि उनी अहिले अपराह्न मात्रै उपस्थित भएका छन् । ]

उनले फेसबुकमा लेखेका छन्, नेपाल सरकार और नेपाल प्रहरी के गुंडागर्दी के बाबजूद लाखों भीड़ को बीर मधेशी स्वतन्त्र मधेश गठबन्धन का संयोजक डा। सी। के। राउत जी जनकपुर मे आज ४ बजे सम्बोधन किया और अपने बचन निभाया्र
सभी मधेशी के और से दिल से नमन्’

संविधान विरोधी समूहलाई पक्राउ गरिएको डीआइजी दिनेश अमात्यले जानकारी दिएका छन् । संविधान दिवसको विरोध गर्दै मधेश केन्द्रित दलका नेता–कार्यकर्ताले पनि विरोध जुलुस निकाल्ने तयारी गरिरहेका छन् ।