मनोरञ्जन

मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने

काठमाडौं । बाटिका इन्टरटेन्मेण्टको आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्ष देखि २८ बर्ष उमेर समूहका यूवायूवतीहरुले प्रतियोगीतामा प्रतिस्पर्घा गर्न सक्नेछन् ।

गत शनीबार हाडिगाउ स्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भएको छ । करीब १७ जनाप्रतियोगीबाट ३ जनापुरुष र ५ जनामहिला गरी जम्मा ८ जना प्रतियोगी छनौट भएका छन । अडिसनमा निर्णायकहरु मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटिङ्गकि मिडिया, सेल्स एण्ड बिजिनेस डेभेलोपमेण्ट म्यानेजर बिपुला जोशी खनाल , लोकप्रीय गायीका रेखा थापा र बाटिकाइन्टरटेन्मेण्ट कि प्रवन्ध निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धिले सामना गर्नुपर्नेछ ।

दोस्रो चरणको अडिसन अगाामीशनीबार अर्थात २०७५ असोज ६ गते टेकु स्थित बिजिनेज पार्कको मसला कटेजमा हुनेछ ।

अडिसनबाट करिब ३ हप्ता सम्म चल्नेछ । अडिसनबाट करिब २५ जना महिला र २५ जना पुरुषको छनौट गरी तालिम शुरु गरीने कुरा बाटिका इन्टरटेन्मेण्ट कि प्रवन्ध निर्देशक गोमा अधिकारी धिताल बताईन् । कार्यक्रमकी अफिसियल कोरीयोग्राफी मिस नेपाल २००० उषा खड्गी रहने छिन् । तालिम अवधिमा बिभिन्न उच्च पदस्थ व्यक्तित्वहरु लाई आमन्त्रण गरीनेछ ।

उनले अगाडी भनिन्, यस प्रतियोगीताका बिजेता ले एक÷एकलाख नगद र स्मार्ट टि भि प्राप्त गर्नेछन र २ जना बिजेताहरुले अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा भाग लिन पाउनेछन । साथै ४ जना बिजेताहरुले पेन्टागन कलेजमा बिबिएस वा बिएस डब्लुमा पुर्ण छात्रवृद्धि प्राप्त गर्नेछन् ।