विचित्र संसार

पेटको बोसो निकालेर नितम्बमा प्रत्यारोपण !

काठमाडौं । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट टर्की पुगिन् र उक्त ज्यानमारा सर्जरीका क्रममा उनको मृत्यु भयो ।
टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो ।

नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ ।

विज्ञहरुका अनुसार यस सर्जरीका क्रममा मृत्युको दर हर ३ हजारमा एक रहेको छ । तर पनि पछिल्लो समयमा नितम्ब बढाउने शल्यक्रिया गराउने मानिसहरुको संख्या बेलायतमा बढिरहेको छ ।

आखिर महिलाहरुलाई ठूलो नितम्ब किन रुचिरहेको छ रु वास्तवमा महिलाहरु सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ आकर्षित भैरहेका छन् ।

किम कार्दाशियन, केइली जेनर, कार्डी बीजस्ता सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढिरहेको छ । यी सेलिब्रेटीहरुले आफ्ना बडेमाका नितम्बसहितका कामुक तस्वीरहरु इन्टरनेटमा सार्वजनिक गरिरहन्छन् । जसका कारण महिलाहरु प्रेरित हुन्छन् ।

आधुनिक पुरुषहरुले सलक्कको जिउ भएका, कम्मर छिनेका तर पुष्ट छाति र चौडा नितम्ब भएका महिलाहरु मन पराउँछन् भन्ने आम मान्यता छ । यो वैज्ञानिक सत्य पनि हो ।

सायद आधुनिकताको कारण जिउडाल तथा फेसनमा भएको परिवर्तनका कारण पुरुषको नजर महिलाको नितम्बमा पुगेको हो की ? भन्ने अनुमान धेरैको हुनसक्छ ।
तर, वैज्ञानिकहरुका अनुसार केवल आधुनिक युगका पुरुषहरुले मात्र महिलाको चौडा र पुष्ट नितम्ब मन पराउने गरेका होइनन् । ठूलो नितम्ब प्रतिको पुरुषहरुको आशक्ति परापूर्व कालदेखिको जैविक चरित्र रहेको वैज्ञानिकहरुले ठहर गरेका छन् । –एजेन्सीबमे सहयोगमा