राजनीति

बाबुराम भन्छन्ः हिन्दु धर्म नै विकासको मुख्य बाधक !

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हिन्दु धर्म विकासर समृद्धिको बाधक भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले यस्तो अभिव्यक्ती दिएका हुन् ।

‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेपालका लागी संकल्प’ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने ‘विचार,आचरण र संस्कृतिमा परिवर्तन ल्याएनौ भने हामीले विकास गर्न सक्दैनौं,लामो समयदेखि जसरी हामी जकडिएर बसेका छौं, हामीले राजनीतिक क्रान्ति त गर्यौ तर हाम्रो सामाजिक,सांस्कृतिक धरातल अत्यन्तै न्युन छ। त्यो भनेको के(हो भने, हाम्रो धार्मिक, सांस्कृतिक जुन चिन्तन छ, त्यो विकास विरोधी छ।

जुन धर्म र संस्कृतिले यो जन्ममा नै समृद्धि र विकास हासिल गर्नुपर्छ भन्दैन, अहिले दुःख गर र अर्को जन्ममा पाउँछस् भन्छ, त्यो संस्कृतिले विकास गर्दैन।’, संयोजक भट्टराईले अघि भने, । ‘यहि जुनीमा नै हामीले समृद्धि हासिल गर्ने हो।मरेर गएपछि केहि पाईदैन,त्यसैले हाम्रो संस्कृति बदलौं’।

‘उदारबाद, पुँजीवाद र साम्यवादको बहसको युग पुरानो भईसक्यो, त्यसैले अब बैचारिक पिँजडाभित्र नअड्किऔँ, भट्टराईले भने, ‘पुँजीवाद र साम्यवादको पिँजडाभित्र बसेर विकास हुँदैन।’