समाचार

विद्यार्थीले सोधेको प्रश्नमा कानुनविदले भने: लैङ्गिक र नागरिकताको हकमा संविधान विभेदकारी

काठमाडौँ । राजधानीको माइतीघरमा अवस्थित सेन्ट जेभियर्स कलेजको संविधान सप्ताह अन्तरगत आज संविधान विचार गोष्ठि सम्पन्न भएको छ । आज सम्पन्न कार्यक्रममा नेपालको संविधानको बारेमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा कानुनविदहरुले संविधानको विशेषता, यसले समेट्न नसकेका कुराहरु, नागरिता ऐन, बालअधिकार लगायतका विषयका बिचार विर्मश तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमा विद्यार्थीले सोधेको प्रश्नमा कानुनविदहरुले संविधान पूर्णरुपमा विभेदकारी नभएपनि संविधानले लैङ्गिक र नागरिताको हकमा संविधान विभेदकारी रहेको बताए ।

संविधानको धारा १० र ११ मा नागरिता सम्बन्धी धारण फरक फरक भएकाले सच्याउन समेत आवश्यक रहेको कानुनविद ले जानकारी दिदै भने महिला आन्दोलनको परिणाम संविधानमा नै क्रमश देखिदै जान थालेको छ ।

संविधानले सबैको न्याय गर्नुपर्ने र यसको पूर्ण कार्यन्वयन आफैबाट सुरु गर्न आग्रह समेत गरे ।