सामाजिक सञ्जाल

मुकुन्दे भन्छन्ः भारतीय सेनापति सर्वश्री हुन्, उनको भनाई सोह्रै आना सही छ !

काठमाडौं । सामाजिक सञ्जालमा समसामायिक बिषयमा टिकाटिप्पणी गर्दै आएका लोकप्रिय मुकुन्द घिमिरे उर्फ मुकुन्देले भारतीय सेनापतिको सपोर्टमा बोलेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैँ मुकुन्देले नेपालमाथि धावा बोल्ने भारतीय सेनापति विपिन रावतलाई सर्वश्री भन्दैँ उनको पक्षमा बोलेका हुन् ।

“भारतीय सेनापति सर्वश्री विपीन रावतले ठीक भने, उत्तरपूर्वी भारतको बौद्धराष्ट्र भुटान र उत्तर भारतको यो हिन्दुराष्ट्र नेपाल भारत माताले नै सशर्त जन्माएका धार्मिक राज्यहरू हुन्, उनले स्टाटसमा लेखेका छन्, हामी दक्षिण एसियामा पर्दछौँ, दक्षिण ढल्किएका छौँ, इन्डियन सब कन्टिनेन्टका अनिवार्य र आत्मीय अंगहरु हौँ।”

सामाजिक सञ्जालमा नेपालको सार्वभौमिकतामाथि धावा बोलेको भन्दैँ भारतीय सेनापति रावतको चौतर्फी चर्को आलोचना भईरहेको छ ।