काठमाडौं । राजधानीमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । नागार्जुन नगरपालिका–७, हसनटारकी २१ बर्षिया ती युवतीलाई राजधानीको एक होटलमा सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
उनमाथि बलात्कार गरेको आरोपमा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका- ८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।
स्यूचाटारबाट सोमबार हराएकी उक्त युवातीलाई होटलबाट उद्धार गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।