पु.समाचार

कांग्रेसको उक्साहटमा चलेको भन्दै जोशीलाई महाअभियोग लगाउने यस्तो छ मास्टरप्लान !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत गरिएका सर्वोेच्च अदालतका न्यायाधीश दीपक राज जोशीलाई महाअभियोग लगाउने संकेत गरेको छ । चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेपाल फर्किएको केही दिनपछि जोशीलाई महाअभियोगको तयारी गरिएको एक विश्वस्त स्रोतले संकेत गरेको हो ।

घरबिदामा बसेका न्यायाधीश जोशीको कानुनमन्त्री भानुभक्तसँग एकाध मुद्धा हेर्ने र त्यसपछि राजिनामा दिने भद्र सहमति भएको खुलासा भएको छ । तर उनले सो भद्र सहमती तोडेर हिजोआज दैनिक जसो मुद्धा हेरिरहेकाले पार्टीलाई अप्ठ्यारो परेको नेकपा निकट नेताले बताए ।

कानुनमन्त्री ढकालका अनुसार जोशीले फेस सेभका लागि एकाध मुद्धा हेर्ने भनेर बचन दिएका थिए जुन अहिले तोडिएको छ । अहिले जोशीले दैनिक जसो मुद्धाहरु हेरिरहेको र प्रमुख विपक्षी दल कांग्रेसको उक्साहटमा सत्तारुढ दलविरुद्ध फैसला गर्दै गएको नेकपा नेताहरुले गुनासो पोखेका छन् ।

जोशीले गर्दा नेकपा सहित सरकार नै सकंटमा परेकाले जोशीलाई महाअभियोग लगाउने कि के गर्ने भनेर आन्तरिक कुराकानी भईरहेको स्रोतको भनाई छ ।

तर तत्काल महाअभियोग दर्ता नहुने बताईएको छ । मौलिक हकसम्बन्धि कानुन बनाउने काम सकाएर महाअभियोगको प्रक्रिया अगाडी बढाईने बुझिएको छ । तत्काल महाअभियोगको प्रस्ताव संसदमा लैजादा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्ने र मौलिक हक निर्माणको काम पनि रोकिने नेकपा नेताहरुको भनाई छ ।