समाचार

प्रहरी फेरि चुक्यो, सौरभ उप्रेतीको हत्या गरिएको परिवारको दाबी, प्रमाणहरु नष्ट गरेको आरोप (भिडियोसहित)

काठमाडौं । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।

पीडित परिवारले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै परिवारले सडक आन्दोलनको घोषणा समेत गरेको छ ।

मृतकका बुबा अजुर्न उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाए । त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको आरोप लगाउनुभयो । मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरे ।

परिवारले घटनाबारे परिवार र प्रहरीलाई समयमै जानकारी नदिएको, सँगै बसेका साथीले घटनाबारे थाहा नपाएको लगायतका विषयमा प्रश्न उठाएको छ ।

 

https://youtu.be/XPYdbsIcfjQ