लुम्बिनी

प्युठानमा चर्कियो नेबिसंघको अधिबेशनको रनक, यस्तो छ तयारी

तुलसा खनाल/प्युठान । नेबिसङको केन्द्रीय अधिबेशनको मिति सार्बजनिक भएलगत्तै प्युठानमा पनि अधिबेशनको रौनक चलेको छ ।

प्युठानमा जिल्ला सभापतिका लागि ४ जना र सचिबको लागि ३ जनाले दाबी गरेका छन् । जसमध्ये जिल्ला सभापतिको लागि गीरबहादुर घर्ती, कल्याण बिक्रम केसी, भोजराज भण्डारी र शसी सुबेदी चुनाबी मैदानमा छन् भने सचिबका लागि शशिधर पोख्रेल, प्रदिप भण्डारी र रुकमान रोका लगायत आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने प्युठानको नेबिसंघ अधिवेशनलाई नेबिसंघका केन्द्रका नेताहरुले समेत महत्वका साथ हेरेकाले पनि उक्त नेबिसंघ जिल्ला अधिवेशन महत्वपूर्ण हुने स्थानीय अध्यक्षका प्रत्यासीहरुको तर्क छ ।

प्रदेश नम्बर ५ का अन्य जिल्लाहरुमा समेत नेबिसंघको जिल्ला अधिबेशनको माहौल तीब्र रुपमा बढेको देखिन्छ ।