राजनीति

नेपालमाथि धावा बोल्ने भारतीय सेनापतिलाई योगेश भट्टराईले दिए यस्तो दनक !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता योगेश भट्टराईले सोमबार भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ती प्रति गम्भीर आपत्ती जनाएका छन् । मंगलबार एक ट्वीट गर्दै नेता भट्टराईले रावतको पछिल्लो अभिव्यक्तिप्रति कडा शब्दमा विरोध जनाएका हुन् ।

“भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो, अब तेता तिर ढल्किदैन, उनले ट्वीटमा भनेका छन्, यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन ।”

नेता भट्टराईले भारतीय सेनापतिलाई आफू र आफ्नो देशको मात्र चिन्ता लिन सुुझाएका छन् । नेपालबारे चिन्ता लिन आफूहरु नै प्रर्याप्त भएको भन्दैँ उनले ट्वीटमा अघि भनेका छन्, “आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामीनै प्रयाप्त छौ ।”

बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चौतर्फी चर्को आलोचना भईरहेको छ ।