राजनीति

सङ्घीयता कमजोर हुन नदिने मूख्य भूमिका ओली सरकारको हो : गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्तिसुरक्षा कायम गर्नतर्फ क्रियाशील रहनुपर्ने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षीले सरकारको काम हेरेर धारणा बनाउने गरेकाले दुई तिहाइ बहुमतको यो सरकार विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

उपनेता गच्छदारले सङ्घीयता कमजोर हुन नदिनतर्फ सरकार गम्भीर हुनुपर्ने बताउँदै जनताको चाहना र भावनालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ भने ।

नेपाली काङ्ग्रेसमा विगतदेखि नै रहेको विवाद समाधान हुनुपर्छ बताउँदै मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल र नेपाली काङ्ग्रेसबीच भएको सहमति कार्यान्वयन हुने आश्वासन आफूले पाएको पनि जानकारी दिए ।