राजनीति

पहाड र मधेश जोड्ने अभियानका कारण मैले हारेँ पनि नेपाल आमाले जितेकी छन्: नेता भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले महाभारत युद्धमा पाण्डबलाई सम्पती रोज्ने कि कृष्णलाई रोज्ने भन्दा श्रीकृष्णलाई रोजे र त्यही समयमा कौरबले पावर, पैसा, सेनालाई रोजे भन्ने उदाहरण दिदै काँग्रेसले ईमान्दार कार्यकर्ता चिन्न नसकेको बिचार ब्यक्त गरेका छन् ।
नेता भण्डारीले सेना प्रमुख, राजा जस्तो पावरमा पुगेका बेला नमस्ते गर्ने, खानेकुरा र पैसा समेत ल्याएर दिने तर मरेपछि समाजले कसरी सम्झिन्छ भन्नेकुरा महतवपूर्ण हुने बताए । आज मीडिया सबैभन्दा शक्तीसाली भएको बताउदै अमेरिकाको गत राष्ट्रपतिय निर्बाचनमा मीडियाका कारणले नै डोनाल्ड ट्रम्पले विजय गरेको बताए, हिलारीले धेरै मीडियाको प्रयोगका कारण निर्बाचन हारेकी उनको दाबी छ । नेता भण्डारीले ५ नम्बर प्रदेशको राजधानी बुटबल राख्दा बिखण्डन हुन्छ भन्नेहरुपनि थिए । हामीले पहाड र तराई छुट्याउनुहुन्न भन्ने अभियान त्यसबेला चलाएको दाबी गर्दै आफूहरुले त्यसो नगरेको भए रुपन्देही राजधानी नहुने ठोकुवा गरेका छन् ।

उनले भने, आफूले त्यही पहाड र तराई मिलाउने अभियानका कारणले मैले निर्बाचन हारेको हुंला, मेरा क्षेत्र कायम गर्दा क्षेत्र असन्तुलन भयो होला तर हामीले चाहेको नभएपनि, मैले ब्यक्तीगत रुपमा हारेको भएपनि नेपाल आमाले जितेकी छन्, आफूले हारेपनि बिचार नछाड्ने भन्दै सबैलाई संख्यात्मक फाईदा भन्दा गुणात्मक फाईदा लिन आग्रह गरेका थिए ।
पहाड र तराई छुट्याएको भए यसको बिखण्डन भएको भए न सूदूरपश्चिम रहनथ्यो न झापा रहन्थ्यो न अन्य धेरै ठाँउहरु रहन्थे उनले कार्यक्रममा उक्त कुराहरु तीजको अवशरको कार्यक्रममा बताएका थिए ।