आर्थिक

जनता अवकाश कोषको वित्तीय विवरण स्वीकृत

काठमाडौं । जनता अवकाश कोषको ३१ गते कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७४÷७५ को वासलात, नाफा–नोक्सानहिसाव, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु त्था अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथैं, कोषले आर्थिक बर्ष २०७४/७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता/संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ ।

सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा आश्विन १ गते जम्मा गरेको छ ।

आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा ०७५ असार १ गतेबाट कोषको नाम परिर्वतनभई जनताअवकाशकोषको नाममा संचालनमा रहेको छ ।कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

जनता अवकाश कोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचित विदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजनामार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आय भएका परामर्शदाता,चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ ।

कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,००० र काजक्रिया खर्च रु. १०,०००को व्यवस्था गरेको छ ।
जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपालका नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन् ।