शिक्षा

लोपोन्मुख जातिका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । पशुपति अन्नपूर्णा आश्रमले नेपालको लोपोन्मुख दुरा समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आश्रमले मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र आयुर्वेद स्वास्थ्य विज्ञानको प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्ने ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य नरोत्तम वैद्य र सङ्घीय संसद्का सहसचिव सुरजकुमार दुराले संयुक्त रुपमा सो छात्रवृत्ति वितरण गरे ।

आश्रमले २०५६ सालदेखि गरीब तथा जेहेन्दार, दलित, जनजाति तथा महिलालाई विभिन्न विषयमा उच्चशिक्षा हासिल गर्न प्रत्येक वर्ष छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो अवसरमा प्रदेशसभा सदस्य वैद्य र सङ्घीय संसद्का सहसचिव दुराले लोपोन्मुख दुरा जातिको संरक्षण, सम्वद्र्धन गरी यस जातिको उत्थानमा आश्रमले देखाएको सक्रियता उत्साहजनक रहेको उल्लेख गर्दै छात्रवृत्तिले दुरा विद्यार्थीको भविष्य उज्वल बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा आश्रमका प्रमुख एवं समाजसेवी जगदीश वैद्यले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठलाई सरस्वतीको मूर्ति हस्तान्तरण गरेका थिए ।