राजनीति

नेबिसंघ भन्छः ‘निर्मलालाई न्याय दिन नसके प्रधानमन्त्री ज्यू तुरुन्त राजीनामा दिनुस’

काठमाण्डौ । नेपाली काँग्रेसको बिदार्थी भातृसंस्था नेपाल बिद्यार्थीसंघले आज निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिरोधमा आज राजधानीमा र्याली निकालेको छ ।

प्रदर्शनीमार्गस्थीत विश्वभाषा क्याम्पसबाट निकालिएको जुलुस पुतीसडकमा गएर कोण सभामा परिणत भएको थियो । र्यालीको नेतृत्व नेबिसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले गरेका थिए भने महामन्त्री कुन्दन काफ्ले, आनन्दराज त्रिपाठी, सरोज थापा, सहमहामनत्री प्रेम जोशी त्यस्तैगरी नेता संजय यादब, तारक केसी, अर्जुन बम लगायतको उपस्थिति रहेको थियो ।

नेबिसंघ केन्द्रीय समितिका अधिकाँग्रेस केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको बिशाल जुलुसले केपी तेरो पाराले दुःख पाए साराले, केपी चोर देश छोड जस्ता नारा लगाएका थिए । उल्लेख्यमात्रामा प्रहरीको उपस्थिति रहेको उक्त जुलुसमा वि धान्ट जस्टिस जस्ता नाराहरु समेत लगाएर बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घटनालाई जोडीएको थियो । उक्त जुलुसमा हत्या हिंंसा बन्द गर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरिएको थियो ।

नेबिसंघका अध्यक्ष नैनसिंह महरले हाम्री छोरीचेलीलाई न्याय दिन सक्दैनौ भने हामी जिबित रहनुको औचित्य नहुने ठकर गर्दै प्रधानमन्त्री ओलीले यस्ता गम्भीर प्रकारका दैनिक अपराधका घटना नियन्त्रण गर्न नसके राजीनामा दिनुपर्ने बताएको छ ।

उक्त कार्यक्रममा बोल्ने नेबिसंका अधिकाँस नेताहरुले आज प्रधानमन्त्रीको आलोचना र नको साथै गृहमन्त्री थापाको राजीनामा माग गरेका थिए ।