बाग्मती

फरार अभियुक्त पक्राउ

सिन्धुरली । हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–३ रातमाटाबाट फरार भएका सञ्जय परियालाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । सर्लाही ईश्वरपुरा नगरपालिका– ५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडौँ बाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए ।

परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। उनलाई आवश्यक कारवाहीको लागि सर्लाही प्रहरीको जिम्मा लगाइएको छ ।