पर्यटन/संस्कृति

महाप्रबन्धक कंसाकारको ठोकुवाः जहाज खरिद गरेको भन्दै सरकारले मलाई आराम गर भनेको हो !

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले आफूले कुनै पनि हालतमा राजिनामा नदिने दाबी गरेका छन् । मन्त्रीपरिषदको आइतबारको बैठकले निगमको कार्यकारी प्रमुखमा मदन खरेललाई नियुक्त गरेपछि कंसाकारलाई नैतिक संकट परेका हुन् ।

८ महिनापछि आफ्नो कार्यकाल सकिन लागेकाले आफ्नो बाँकी रहेको कार्यकालमा निगममै जागिर खाएर बस्ने बताएका छन् । आफू राजिनाको विरोधी भएको भन्दैँ अब काम गर्न नयाँ हाकिम आउने र आफू आरामले जागिर गर्ने बताए । अहिले अन्तिममा आएर राजिनामा दिए नराम्रो सन्देश जाने भएकाले तत्काल राजिनामा नदिने उनको भनाई छ ।

आफूले सबै कर्मचारीहरुको सल्लाह र छलफलपछि तत्काल राजिनामा नदिने निष्कर्षमा पुगेको बताए । ट्वीट गर्दै कंसाकारले भनेका छन, ‘मैले निगममा सुधारका काम अगाडी बढाएको धेरैलाई पचेको छैन्, सरकारले निगममा कार्यकारी पदमा दुईजना नियुक्ती गरेर अप्ठ्यारो पारेको छ ।’

कंसाकारलाई २४ अर्ब रुपैयाँमा वाइडबडी जहाज किन्दा अनियमितता गरेको, निगमको बजार विस्तार गर्न नसकेको लगायत आरोप लाग्दै आएका छन् ।