प्रदेश 1

कारको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।