समाचार

नेपाली सैनिक जवानलाई सुडानमा गोली

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ अनमिस मिसन, दक्षिण सुडानमा तैनाथ सद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान भाद्र ३० गते (तद्नुसार 15 September 2018) स्थानिय समय अनुसार करिब ८:३० बजे गोडाको एंकलमा गोली लागि घाईते भएका छन् ।

दक्षिणी सुडानको एई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पेट्रोल फर्कने क्रममा गोली लागेको र निज जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भईरहेको छ । साथै हाल उनको अवस्था खतरा मुक्त रहेको जनाईएको छ । उक्त गोली दक्षिण सुडानको People’s Liberation Army (SPLA) का जवानबाट चलाएको बुझिएको छ ।