साहित्य

अनुपम भेट अस्तित्वको

बीरभद्र आचार्य

यती अमूल्य छ जीवन,
झगडा र लडाँइमा व्यर्थविताई रहेछ मानिस !
अमृतमय छ भन्छन् यो जीवन,
इर्ष्या र व्देस ले नर्क बनाई रहेछ मानिस।

समयको चितामा जलि रहेछ जीवन,
समयलाई चिन्दैन मानिस।
यो अनुपम भेट अस्तित्वको,
हिंसा र हत्यामा विताइ रहेछ मानिस।

मृत्युको संघारमा पुगेर फर्केकालाई सोध,
जीवनको मूल्य थाहा पाउँछौ ।
धर्मको दुहाई दिने तिमी,
धर्मभनेको के हो नै बुझ, ए मानिस ।

जन्मदा कोही हिन्दु, इसाई, इस्लाम र बौद्ध छैनौ
सबै हामी पहिला मानव हौँ ।
धर्मको परिभाषा चाहिने नै हो भने,
मानव भएर मानवताको कदर गर ।

अपार शक्तिको भण्डार तिमी आफै,
फेरि किन तलवारको सहायता लिन्छौ ?
अस्तित्वको भेट सार्थक गर्नु छ भने,
प्रेम र करुणाको कार्तुस चलाउ, ए मानिस ।