आर्थिक

एनएमबि बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासकालागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौताअनुसार एनएमबि बैंक ले आफ्नो कर्मचारीहरुकालागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।