साहित्य

सुमन र प्रकाशको ‘पैसाको खेती’ बजारमा !

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताएका छन् । सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवाले स्वदेशमै कामको खोजी गर्नुपर्नेमा जोड दिए।

स्वदेशमा रोजगार र स्वरोजगारका सम्भावना रहे पनि स्वदेशमा काम गर्न नरुचाउने प्रवृत्तिका कारण बेरोजगार समस्या बढेको बताउँदै उनले विदेशमा गएर दुःख गर्ने बानी नेपाली युवामा नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने तर्क गरे । उनले बालबालिकामा सानै उमेरदेखि पैसाको महत्वसम्बन्धी ज्ञान हुनुपर्ने बताए ।