समाचार

घुस माग्ने कृष्णबहादुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीमाथि विद्युत् प्रसारण लाइन जडान गर्ने सिलसिलामा सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोग छ ।