आर्थिक

चाडपर्वको अवसरमा एनआइसीले गर्यो यस्तो व्यवस्था !

काठमाडौं । “चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै” भन्ने नारा सहितएनआईसी एशिया बैंकले नेपालीहरुको महान चाडदशै तिहार, छठको शुभ उपलक्ष्यमा आदरणीय ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।

रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सकिनेछ ।

यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागिरहने छ । योे समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यसबैंक मार्फत सजिलै रकमपठाउन र निकाल्न सकिने छ । यस बैंकले आश्विन १ देखि मङ्सिर २९ सम्म बैंकले एनआईसी रेमिट मार्फत रकम पठाउने आफ्ना ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

एनआइसी बैंक मुलुकभर २४६ शाखाकार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१९२अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६२अर्ब तथा कर्जा रू. १३४अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाखभन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।