आर्थिक

एनआइसी एसिया बैंक घेराउ

काठमाडौं । एनआइसी एसिया बैंक बिरुद्द सहकारी पिडितहरुले आज एनआइसि एसिया बैंक थापाथली कार्यालय अगाडी बिरोध र्याली सहित बैंक घेराउ गरेका छन । सहकारी पिडित हकहित संरक्षण समिति द्वारा बैंकलाइ ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पिडितलाइ न्याय गर, एन आइ सी एसिया बैंकले सम्पति लुट्न पाइदैन, ओरेण्टलको सम्पति फिर्ता गर जस्ता नारा हरु लेखियको व्यानर सहित बिरोध मा उत्रियका हुन उक्त बिरोध र्यालीमा बोल्दै सहकारी पिडित हकहित संरक्षण समितिकि अध्यक्ष कुन्ती पोख्रेल र हाउजीङ्ग पिडित समर खड्काले सयुंक्त रुपमा ओरेन्टलको धापासीस्थित २६ रोपनी जग्गा एनआइसी एशिया बैंकले बिना मुल्याकंन कब्जा गरेको बताए ।