स्वास्थ्य

गिरान्चौर एकीकृत बस्तीमा फिल्टर

मेलम्ची । गणेशस्थान विपद् जोखिम व्यवस्थापन समितिको आयोजना तथा युएनडिपीको सहयोगमा मेलम्ची नगरपालिका–१२ गिरान्चौरका ६५ घरको एकीकृत बस्तीमा आधुनिक प्रविधिबाट निर्माण गरिएको फिल्टर वितरण गरिएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले अब सबैले आर्थिकस्तर सुधारेर अगाडि बढ्दै जानुपर्ने बताउँदै विकासनिर्माणका काममा जनस्तरबाट सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।