आर्थिक

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक मात्रै नभइ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ । आज कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०..८९, जलविद्युत् ६.५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बीमा ४८.५ विन्दुले वृद्धि भएको छ ।