पु.समाचार

मिडियालाई बाबुरामको प्रश्नः म माथि भएको प्रदर्शनको समाचार किन लेखेको ?

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकामा आफूलाई कालो झण्डा देखाईएको समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् । अमेरिका भ्रमणमा रहेका केही नेपालीहरुले आतंककारी गो ब्याक भन्दैँ उनीविरुद्ध प्रदर्शन गरेको समाचारप्रति ट्वीटरमार्फत डा. भट्टराईले आपत्ती जनाएका हुन् ।

उनले उक्त समाचार प्रकाशित भएकोप्रति टिप्पणी गर्दै ट्वीटरमा यसो भनेका छनः

यो कस्तो पत्रकारिता हो कुन्नी! पाँच सय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिं भँगेरे अक्षरमा! जो अगुवा उही बाटो…..!अनि देश कसरी समृद्ध बनोस् ?

 

गो ब्याक आतंककारी भन्दैँ बाबुरामविरुद्ध प्रदर्शन (हेर्नुहोस् भिडियो)