आर्थिक

आइएमई र बोता मःम वीच सम्झौता

काठमाडा । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मःम वीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत छुट पाउनेछन् ।

काठमाडौंमाचार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेको एक (१) सहित कुल छ (६) आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ ।