राजनीति

नेबि संघमा सबल नेतृत्वको खोजी, शाह आउनसक्ने सम्भावना ह्वात्तै बढ्यो

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिए सँगै महाधिवेशनको सरगर्मी बढेको छ। यसपटक महाधिवेशन कसले नेतृत्व गर्ने भन्ने कुरामा पनि होडबाजी चलेको छ । नेपाल विद्यार्थी संघले बिधानमा उमेरको हदबन्दी हटाएर बिधान संशोधन गरेर पार्टिलाई बुझाए पछि नेपाल विद्यार्थी संघको अध्यक्षमा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष ऋषिकेश जंग शाहको चर्चा बढेको छ।

शाहले आफू नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदा नेपालका हरेक माबिमा अनिवार्य कम्प्यूटर इण्टरनेट हुनु पर्छ भनेर २०६४ मा मेचिमहाकाली मोटरसाइकल यात्रा गरेको थिए । त्यो यात्रामा नेपालका हरेक निर्बाचन क्षेत्रमा प्राबिधिक शिक्षालय स्थापनालाई जोड दिएका थिए ।

हरेक अंचलमा १/१ कृषि क्याम्पस स्थापना, सर्टिफ़िकेट धितो राखेर ऋण दिनु पर्छ भन्ने कुरा पहिलो पटक नेपालमा शाहले नै उठाएका थिए। यी मुद्धा संबोधन भए नेपालबाट बैदेशिक रोज़गारमा जाने युवाहरूलाई नेपाल मैं रोज़गार दिन सकिन्छ र नेपालको उत्पादन बढ्छ भन्ने उनको अभियान थियो । साथै शाहले अघिल्लो महाधिवेशन गराउन पनि महत्त्वपूर्ण सहयोग र त्याग गरेकोले पार्टी भित्र पनि शाह अन्य उम्मेदवार भन्दा बलियो देखिन्छन् ।

नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष भैसकेका नेता ऋषिकेश जंग शाहले माओबादी द्वन्दको बेला रोल्पा,प्यूठान,रूकुम र सल्यानमा ने बि संघको संगठन निर्माण र विस्तार गरेर कुशल संगठक र सहयोगी नेताका रुपमा पार्टी भित्र आफुलाई स्थापित गराएका छन।

नेपालमा कम्युनिस्ट शक्तिको एकता पछि कांग्रेसलाई प्रतिस्पर्धामा अगाडि ल्याउन कांग्रेस भित्र “आत्मीयता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्यको” नारा दिदै आएका छन । ५ बर्ष पछि आऊने निर्बाचनमा क़रीब १० लाख नया मतदाता नेपाल विद्यार्थी संघले जोडनु पर्छ भन्ने कुरामा पनि शाहले जोड दिदै आएका छन । शाहको मिलनसार र मध्यमार्गी चरित्रका कारण उनि सबै गुटका बीच स्वीकार्य हुन सक्ने ब्यक्ति हुन् । यद्यपि नेपाल विद्यार्थी संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पार्टी भित्र संस्थापन तिर निकट रहेका छन् ।