आर्थिक

रेनो डस्टर ओभरडाइभको नम्बर १ एसयुभी बन्न सफल

काठमाडौं । ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बिचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।

यो टेस्टमा डिजाइन, क्याविन फिचरहरुको प्राक्टिकाटलीटी, वाइपरको इफिसीयन्सी, प्यासेन्जरहरुको वाहिरी भिजीवीलीटी, सबै खालको टेरेनमा उपयोगिता, टुरिङ्ग एबिलीटी र पर्फमेन्स, बुट एरिया तथा स्पेयर ह्वीलको पहुच आदि प्यारामिटरहरु रहेको थियो । यो टेस्ट पिच बाटोमा नभई हिलो, उकालो ओरालो रहेको कच्ची टफ ठाँउमा गरिएको थियो ।

यो टेस्टमा डस्टरको अल ह्वील ड्राइभले उत्कुष्ट पफर्मेन्स गरेको थियो । यसमा रहेको फोर ह्वील ड्राइभ मोड, टुह्वील ड्राइभमोड तथा युनिक अटोमेटिक अलह्वील ड्राइभ मोड जसमा गाडिलेनै बाटो अनुशार कुन मोडमा चलाउने डिसाइड गर्छले यसलाई उत्कुष्ट अफरोड पफर्मेस दिन मदत गरेको थियो ।

एसयुभी स्लग टेस्ट भारतको चिकमगलु कफि डे इन्डिया र्यालीको सिकाडा स्टेजमा भएको थियो जसको लम्बाई २.३ किमी हो । अफिसीयल टेस्ट डाइभरको रोलमा बिक्रम नरेन्द्र रहेका थिए जसले १९९१ को इन्डीयन नेसनल र्याली च्याम्पिएन रहेका थिए ।