मनोरञ्जन

फुर्वाको “तिमीलाई पाउन सकिन” (भिडियोसहित)

काठमाडौँ । आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको “तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।

फुर्वा के शेर्पाको शब्द तथा संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक बविता श्रेष्ठको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा प्रेमी प्रेमीकाको जोडिको रुपमा टेक विष्ट , आर्यन पुडासैनी र लिला गिरीको अभिनय रहेको छ ।